Saturday, May 5, 2012

बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ
र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ
छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :
“छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला”
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ
हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
“खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।”
शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

Earn Money


Monday, October 31, 2011

शोभराजसँग यौनसम्पर्क भएको छैन-निहिता विश्वास



नेपाली कारागारमा बन्द कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजकी श्रीमती भन्ने कुरा सुन्नेबित्तिकै 'हेडलाइन्स टुडे' की सञ्चारकर्मी मन्दीप बेल्वीले प्रश्न तेस्र्याइहालिन्- तिमीले शोभराजसँग यौनसम्पर्क पनि गर्‍यौ ? त्यसपछि बिगबोस सिजन फाइभमा सहभागी नेपाली युवती निहिता विश्वास केही लजाइन्, मुखमा एउटा हात राख्दै मुन्टो र अर्को हात दुवै हल्लाउँदै यस्तो प्रश्न नगर्न आग्रह गरिन्। मन्दीपले फेरि त्यही प्रश्न गरेपछि उनले यसलाई पर्सनल म्याटर बताउँदै यस्तो प्रश्न नगर्न आग्रह गरिन्, तर मन्दीप पत्रकार न ठहिरिन्, उनी निहितालाई त्यसै छोड्ने मुडमा देखिइनन् र अन्तत: निहिता शोभराजसँग जेलमै आफ्नो विवाह भएका कारण त्यस्तो अवसर नजुरेको कुरा बताउन बाध्य भइन्।

कार्यक्रमका क्रममा प्रतिस्पर्धी मन्दीपले शोभराजसँग यौनसम्पर्क गरेको सन्दर्भमा सोधेको प्रश्नका कारण आफू तनावमा आएपछि मन्दीपले सार्वजनिक मञ्चमा त्यस्तो प्रश्न सोधेकोमा माफी मागेको निहिताको दाबी छ। निहिता र मन्दीप दुवै कलर्स च्यानलको रियालिटी शो बिगबोस सिजन फाइभका सहभागी हुन्।

निहिताले बिगबोसको पहिलो एपिसोडमै शोभराजसँगको भेट प्रेम र विवाहका सम्बन्धमा बेलिविस्तार लगाउन भ्याइन्, जुन कुरा केही समयपहिले 'साप्ताहिक' मा प्रकाशित उनको अन्तर्वार्तामा पनि उल्लेख थियो। शोभराजसँगै जेलमै टंगकिस -अधरपान) गरेको समाचारका कारण एकताका चर्चामा रहेकी निहिताले यौनसम्बन्धी प्रसंगमै शोभराजसँग यौनसम्पर्क नगरे पनि ऊ अत्यन्त प्रखर र आकर्षक भएको बताएकी थिइन्। आफूभन्दा ४० वर्ष जेठो भए पनि ऊ ३० वर्ष उमेर नकटेको जस्तो देखिने दाबी निहिताको थियो, जसबाट अहिलेसम्म शारीरिक सम्बन्ध नभए पनि शोभराजप्रतिको उनको यौन आकर्षण झल्कन्थ्यो।

भारतीय च्यानलको लोकपि्रय कार्यक्रम बिगबोसजस्तो ठूलो फोरम प्रयोग गर्दै निहिताले शोभराज निर्दोष भएको तथा नेपाल प्रहरीसँग ऊविरुद्ध कुनै ठोस मुद्दा नभएको जिकिर पनि गर्न भ्याइन्। निहितालाई बिगबोसमा सहभागी हुन अफर आएको विषयमा साप्ताहिकले यसअघि नै समाचार प्रकाशित गरिसकेको थियो। निहिता र शोभराजबीच तीन वर्षपहिले दसैँताका विवाह भएको दाबी गरिँदै आएको छ, जसलाई जेल प्रशासनले गलत बताएको थियो।

बाहिरिइन् निहिता

यसैबीच कलर्स टेलिभिजनबाट प्रसारण भैरहेको 'बिगबोस सिजन फाइभ' बाट निहिता विश्वास बाहिरिएकी छिन्। निहिता करिब एक सातासम्म मात्र बिगबोसको घरमा टिक्न सफल भइन्। बिगबोसको घरबाट बाहिरिने निहिता पहिलो प्रतिस्पर्धी हुन्।

बिकिनी किलरका रूपमा चर्चित चाल्र्स शोभराजकी श्रीमती निहिता विश्वास रियालिटी शो 'बिगबोस फाइभ' बाट निकालिएपछि तनावग्रस्त भएकी छिन्। निहिताले बिगबोसको घरबाट आफूलाई निकाल्ने फैसला सही नभएको तथा यो पक्षपातपूर्ण रहेको प्रतिक्रिया दिएकी छिन्। घरबाट बाहिरिएपछि निहिताले भनिन्— 'केही प्रतियोगीबाहेक बिगबोसको घरमा रहेका सबै प्रतिस्पर्धी अत्यन्त सहयोगी पाएँ। म आफ्नो श्रीमान् तथा आफ्नै बारेमा मानिसहरूबीचमा फैलिएको अन्यौललाई हटाउन चाहन्थें। यसमा म केही हदसम्म सफल पनि भएँ।'

निहिताका अनुसार उनलाई बिगबोसका निर्माताले धोका दिएका छन्। उनी भन्छिन्— 'घरबाट बाहिरिने पहिलो प्रतियोगीका रूपमा मेरो नाम सुन्दा आश्चर्य लाग्यो। मलाई के विश्वास छ भने यो कार्यक्रममा पहिलेदेखि नै सबै कुरा तय थियो, अन्यथा मेरो स्थानमा पूजा मिश्र बाहिरिनुपर्ने थियो।'

निहिताका अनुसार कार्यक्रमका क्रममा चाल्र्स शोभराजसँगको यौनसम्बन्धका बारेमा उठेको जिज्ञासाले पनि उनलाई आश्चर्यमा पार्‍यो। 'त्यही पनि मैले हरेक जिज्ञासाको जवाफ दिने प्रयास गरें।' निहिता बिगबोस सिजन फाइभको उपाधि सञ्चारकर्मी मन्दीप बेल्वीले जित्नुपर्ने धारणा व्यक्त गर्छिन्। 'उनी सबैलाई सहयोग गर्छिन्,' निहिता थप्छिन्— 'पूजा बेदी र शक्ति कपुर पनि उत्तिकै प्रभावशाली प्रतिस्पर्धी हुन्।' रियालिटी शोको पहिलो साता निहिताको साथी प्रतियोगी श्रद्धा शर्मासँग वादविवाद पनि भएको थियो। 

नक्कली भ्याट बिल प्रकरणमा ठूला व्यापारिक घरानासमेत मुछिए (४३७ फर्मको विवरणसहित)


E-mailPrint
 
(2 votes, average 5.00 out of 5)
बालकृष्ण ज्ञवाली, काठमाडौं, कात्तिक १४- नक्कली भ्याट बिल प्रयोग गर्ने ठूला व्यापारिक घरानासहित सरकारले ४ सय ३७ व्यापारिक फर्मको नाम सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले आइतबार उपलब्ध गराएको विवरणमा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगडजस्ता प्रतिष्ठित र बढी राजस्व तिर्ने समूहअन्तर्गतका व्यावसायिक फर्मसमेत छन्।
भाटभटेनी डिपार्टमेन्ट स्टोर, विश्वकर्मा सिमेन्ट, मारुती सिमेन्ट, मोरङ अटो वर्क्स, बामा मोटर्स, बरुण डेभलपर्स, रसुवा कन्स्ट्रक्सन, युनाइटेड बिल्डर्स, सिटिसिई/कालिका जेभी, चमेलियाजस्ता चल्तीका कम्पनीको नाम पनि विवरणमा छ।
राष्ट्रिय सूचना आयोगले 'सूचनाको हकसम्बन्धी कानुनका आधारमा' निर्देशन दिएपछि अर्थसचिव कृष्णहरि बाँस्कोटाले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने व्यापारिक फर्महरूको नाम सार्वजनिक गरेका हुन्। विवरणमा ती फर्मले छलेको भ्याट रकम भने खुलाइएको छैन।
पत्रकार तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सूचनाको हकसम्बन्धी कानुनलाई आधार बनाउँदै उक्त विवरण सार्वजनिक गर्न आयोगमा उजुरी दिएका थिए। त्यसअघि अर्थसचिवकहाँ गएर विवरण माग्दा पनि नपाएपछि उनी आयोग पुगेका हुन्।
सार्वजनिक विवरणमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएका सबै व्यावसायिक फर्मको नाम भने परेको छैन। यसमा ४ सय ३७ फर्ममात्र समेटिएका छन्। विभागले हालसम्म ५ सय १८ फर्मलाई शंकास्पद मानी अनुसन्धान गरिरहेको छ।
विभागले असोज मसान्तसम्म ३ सय ६५ फर्मको विवरण हेरी ३ अर्ब ४५ करोड रुपैयाँ कर निर्धारण गरेको छ। यसमध्ये भ्याट १ अर्ब ९१ करोड, आयकर १ अर्ब ५० करोड र अन्तःशुल्क २ करोड छ। विवरणमा हालसम्म कति फर्मको अनुसन्धान पूरा भयो, कति कर निर्धारण गरियो र क-कसले तिरे खुलाइएको छैन।
अर्थसचिव बाँस्कोटाले आयोगको निर्देशनका आधारमा 'केही मात्र विवरण उपलब्ध गराएको' बताए।
'सूचना आयोगको निर्देशनका कारण हामीले केही सूचनामात्र उपलब्ध गराएका हौं,' उनले नागरिकसँग भने, 'छलिएको रकम, अनुसन्धान विधि र भविष्यमा यस्ता छली नियन्त्रण गर्ने उपाय सार्वजनिक गर्न मिल्दैन, सूचना आयोगले समेत यी विवरण सार्वजनिक गर्न हामीलाई बाध्य पारेको छैन।'
दाहालले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने व्यापारिक फर्मको नाम उपलब्ध गराउन माग गर्दै जेठ २ गते अर्थ मन्त्रालयमा निवेदन दिएका थिए। अर्थले सुनुवाइ नगरेपछि अर्थसचिवकहाँ पुगेको, तर त्यहाँबाट पनि सूचना नपाएको दाहालले बताए। त्यसपछि उनले सूचना आयोगमा निवेदन दिए। आयोगले तीन दिनभित्र सूचना दिन निर्देशन दियो, तर कार्यान्वयन भएन।
'मैले यसविरुद्ध आयोगमै पुनरावेदन दिएँ,' उनले भने, 'नक्कली भ्याट बिलमार्फत् १० अर्ब रुपैयाँ राजस्व छली गर्ने व्यापारिक घरानाहरूको नाम सबैले थाहा पाउनुपर्छ भनी यो पहल गरेको हुँ।'
आयोगले १५ दिनभित्र विवरण सार्वजनिक गर्नू भनी असोज २७ गते निर्देशन दिएको थियो।
  


अनुसन्धान कसरी सुरु भयो?
विभागले अघिल्लो वर्ष फागुन १३ एक मोबाइल आयातकर्ता फर्मको कारोबार शंकास्पद लागेर बिलविजक हेर्दा पछिको मितिमा जारी भएको भ्याट बिल फेला पर्‍यो। सामान बेचेको दिनभन्दा १३ दिनपछिको मिति राखेर भ्याट बिल काटेको फेला परेपछि विभागले नक्कली कारोबार भएको शंका गरेको थियो। त्यसको १० महिनापछि मंसिरमा पुतलीसडकस्थित एक फर्ममा विभागले छापा मार्दा २ सय फर्मका भ्याट बिल फेला परे। त्यसपछि विभागले तत्कालै अनुसन्धान टोली बनाएर छानबिन थाल्यो। यस क्रममा विभिन्न नाममा भ्याटमा दर्ता भई सक्कली भ्याट बिल छापेर त्यसमा नक्कली कारोबार गरेको पाइयो। यसमा ठूला व्यावसायिक घरानाहरू पनि सामेल रहेको अनुसन्धानबाट देखियो।

व्यावसायिक मर्यादा पनि भएन
विभागले अनुसन्धान गर्ने क्रममा राजस्व छलीका नयाँ-नयाँ रूप फेला परेका छन्। पछिल्लो अनुसन्धानले आफूले चिनेका व्यवसायीका फर्मको नाममा नक्कली भ्याट बिल छाप्ने गरेको फेला परेको छ।
नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान गरिरहेको विभाग र मातहतका कार्यालयले गरेको अनुसन्धानमा ठूला घरानाले व्यावसायिक धर्मविपरीत साना र चिनेका व्यापारीको नाममा रहेको फर्मको नक्कली बिल छाप्ने र त्यसबाट कारोबार भएको देखाउने गरेको फेला परेको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार ठूला घरानाले साना व्यापारीहरूको नाममा रहेको फर्मको नक्कली बिल छापेर त्यसमार्फत् सामान किनेको देखाएका छन्। यही माध्यमबाट उनीहरूले आयकर छल्ने गरेका छन्।